Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टारविरुद्ध मनाङको जित

    ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टारविरुद्ध मनाङको जित

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 990
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ ।

    एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।



    मनाङको जितका लागि खेलको ३८ औं मिनेटम जितमा चेतन कुमार थारुले निर्णायक गोल गरे ।



    यो जितसँगै मनाङले २२ खेलबाट २८ अंक बनाएको छ भने यता थ्री स्टारले २२ खेलमा २६ अंक जोड्दै ११ औं स्थानमा रहेको छ ।

    त्यस्तै आईतबार नै च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

    एनआरटीको निकोलस सङ र सनम लिम्बुले एक एक गोल गरे । एनआरटीका शिव सुवेदीले एक गोल फर्काए ।

    एनआरटीको यो सातौं जितसहित २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

    यता सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार