Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साफ च्याम्पियनका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    साफ च्याम्पियनका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।



    च्याम्पियनसिपको असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदैछन् ।



    साफमा नेपाल घरेलु टोली भारतसँगै कुवेत र पाकिस्तान रहेकै समूह ‘ए’ मा रहेको छ।

    प्रारम्भिक टोली-

    गोलकिपर – किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

    डिफेन्डर- विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

    मिडफिल्डर- पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

    फरवार्ड- आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार