Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलावालेको ह्याट्रिकमा मछिन्द्र विजयी, थ्री स्टार र संकटाको बराबरी

    ओलावालेको ह्याट्रिकमा मछिन्द्र विजयी, थ्री स्टार र संकटाको बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    ठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

    एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।



    मछिन्द्रको जितमा अफीज ओलावालेले ह्याट्रिक गरेका थिए । अफीजले खेलको १६औं, ४५औं र ५६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।



    त्यस्तै सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काएका थिए ।

    जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने सातदोबाटो २३ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    त्यस्तै आजै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

    बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोड्दै ११ औं स्थानमा रहेको छ । संकटाले २३ खेलमा २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार