Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नागरिकता विधेयक र सांसद विकास कोषबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

    नागरिकता विधेयक र सांसद विकास कोषबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।

    राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।



    बैठक सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।



    पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्। व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला दलको बैठक बस्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार