Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    भरतपुर । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङ रहेका छन् ।

    गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।



    गुरूङको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार