Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 591
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् ।

    आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताउँदै उनले सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको बताए ।



    आगामी जेठ २५ गतेसम्म चल्ने सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित छन् ।

    खप्तड समुद्री सतहबाट झण्डै तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार