Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालको फिफा महिला वरीयता खस्कियो

    नेपालको फिफा महिला वरीयता खस्कियो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 648
    SHARES

    काठमाडौं । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको हो ।

    नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।



    एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६० औं स्थानमा रहेको छ ।



    विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ।

    त्यस्तै इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार