Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ओडिआईमा सन्दीप लामिछानेको वरीयता यथावत

    ओडिआईमा सन्दीप लामिछानेको वरीयता यथावत

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेको वरीयता यथावत रहेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं स्थानमा कायम रहेका छन्।



    बलिङतर्फ नै सोमपाल कामी ६७ औं र दीपेन्द्र सिंह ऐरी ५५ औं स्थानमा यथावत् छन् । करण केसी ९० औं स्थानमा यथावत छन् ।



    ब्याटिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७ औं र ओपनर ब्याटर आसिफ शेख ७४ औं स्थानमा छन् ।

    पछिल्लो वरियता अनुसार नेपाल १४ औं स्थानमा कायमै रहेको छ । वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार