Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालको एकदिवसीय वरीयता खस्कियो

    नेपालको एकदिवसीय वरीयता खस्कियो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको स्थान खस्किएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको हो ।



    एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेसँगै नेपालको वरीयता खस्किएको हो ।एसोसिएटतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ ।



    एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै, पाकिस्तान दोस्रो, भारत तेस्रो तथा न्युजिल्यान्ड चौथो स्थानमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार