Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सन्दीपको एकदिवसीय बलिङ वरीयतामा सुधार

    सन्दीपको एकदिवसीय बलिङ वरीयतामा सुधार

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयतामा सुधार भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १८ औं स्थानमा उक्लिएका छन्।



    यसअघि सन्दीप १९ औं स्थानमा रहेका थिए । बलिङतर्फ नै सोमपाल कामी १ स्थान तल झरेर ६७ औं स्थानमा आइपुगेका छन् भने दीपेन्द्र सिंह ऐरी १ स्थान तल झरेर ५६ औं स्थानमा रहेका छन्। अर्का तीव्र गति बलर करण केसी ९१ औं स्थानमा यथावत रहेका छन् ।



    त्यस्तै ब्याटिङतर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो दुई स्थान सुधार गरेका छन् । कप्तान रोहित नयाँ वरीगतामा ६६ औं स्थानमा रहेका छन् ।

    पछिल्लो वरियता अनुसार नेपाल १४ औं स्थानमा कायमै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार