Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विश्वविद्यालय माग्दै कैलालीमा सरकारविरुद्ध आन्दोलन चर्कियो, २८ गते सुदूरपश्चिम बन्द

    विश्वविद्यालय माग्दै कैलालीमा सरकारविरुद्ध आन्दोलन चर्कियो, २८ गते सुदूरपश्चिम बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 537
    SHARES

    कैलाली । कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सरकारविरुद्ध आन्दोलन चर्किएको छ ।

    गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको हो ।



    संघर्ष समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि यहाँको जनताको मागप्रति सरकार उदासीन बनेको भन्दै बाध्य भएर आमहड्तालको कार्यक्रम गर्नुपरेको बताएको छ ।



    समितिका संयोजक लोकराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नगरिए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार