Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा अगाडि युवक अनसनमा

    गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा अगाडि युवक अनसनमा

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 732
    SHARES

    धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक अनसन बसेका छन्।

    कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्वारमा सोमबार बिहान १० बजेदेखि मौन बसेका हुन्।



    गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी रहेको बेला गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै उनले अनसन सुरु गरेका हुन् ।



    त्यस्तै विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितीले आजै प्रदेशसभा अगाडि प्रदर्शनसहित अवरोध सिर्जना गर्ने कार्यक्रम तय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार