Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिम हड्ताल

    मन्त्रीको गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्ता पक्राउ

    मन्त्रीको गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्ता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 864
    SHARES

    धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ ।

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।



    आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ । धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।



    मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो । शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार