Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गेटामा विश्वविद्यालय सुदूरपश्चिम कै आवश्यकता हो, तुरून्त पूरा गरियोस् : भीम रावल

    गेटामा विश्वविद्यालय सुदूरपश्चिम कै आवश्यकता हो, तुरून्त पूरा गरियोस् : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 942
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिम कै आवश्यकता भएको बताएका छन् ।

    विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्किरहेका बेला डा. रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गरे ।



    उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको ? जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’



    गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।

    सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि सङ्घर्ष समितिले आन्दोलन चर्काएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार