Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बुधबारदेखि अस्पताल सञ्चालन गर्दै गेटा मेडिकल कलेज

    बुधबारदेखि अस्पताल सञ्चालन गर्दै गेटा मेडिकल कलेज

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.5K
    SHARES

    कैलाली । कैलालीको गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

    मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।



    गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबारदेखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए ।



    सरकारले गेटामा एक सय शैयाको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भएपनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार