Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिममा आज आम हड्ताल, शैक्षिक संस्था, बजार व्यवसाय र यातायात ठप्प

    सुदूरपश्चिममा आज आम हड्ताल, शैक्षिक संस्था, बजार व्यवसाय र यातायात ठप्प

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 642
    SHARES

    कैलाली । आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ ।

    गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आम हड्ताल गरिएको हो ।



    विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज प्रदेशमा आम हड्ताल गरेको छ ।



    हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्था, बजार व्यवसाय पनि ठप्प छन् ।

    विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार