Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै नेपाल

    आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 732
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

    मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो।



    त्यहाँ २ दिनको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहिँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ ।



    फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ। यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ।

    यस संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार