Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप छनोट : जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    विश्वकप छनोट : जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।



    हरारेमा हुने खेलका लागि नेपालले प्लेइङ ११मा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै गुलसन झालाई स्थान दिएको छ ।



    विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो । विश्वकप छनोटको दोस्रो खेल नेपालले मङ्गलवार अमेरिकासँग खेल्नेछ ।

    नेपालको सुरुआती-११ –

    सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख (विकेटकिपर), गुलसन झा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार