Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट चुके कुशल

    जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट चुके कुशल

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 756
    SHARES

    काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको खेलमा नेपालका लागि कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनिङमा उत्रिएका कुशलले ९९ रनमा बोल्ड भए ।



    ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने । कुशलसँगै क्रिजमा रहेका आसिफ शेख ९६ बलमा ६५ रन बनाएर खेलिरहेका छन्।



    नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाइसकेका छन्।

    यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ रेकर्ड बनाएका छन्।

    नेपालका दुवै ओनपर आउट भएका छन्। कुशल ९९ रनमा आउट हुँदा आसिफ ६६ रन बनाएर आउट भएका छन्। नेपालले ३७ ‌ओभरमा २ विकेटको क्षतिमा १७४ रन जोडेको छ।

    यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार