Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भोलि कुवेतको सामना गर्ने

    साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भोलि कुवेतको सामना गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 873
    SHARES

    काठमाडौं । भारतमा आयोजना हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा नेपालले भोलि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपालले असार ९ गते आयोजक भारत तथा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ।



    बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।



    यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

    साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपालले माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेको थियो ।

    नेपाली टिम

    गोलकिपर : किरण चेम्जोङ , दीप कार्की , विशाल श्रेष्ठ

    डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ , निशान्त खड्का , रोहित चन्द , सिमन्त थापा

    मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु , आभास लामिछाने

    फरवार्डः आयुष घलान , नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट , मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार