Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोट

    नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पनि आउट

    नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पनि आउट

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 888
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।

    जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले कप्तान रोहितलाई स्कोरबोर्डमा ११२ रन जोड्दा तेस्रो विकेटको रुपमा गुमाएको हो । कप्तान रोहितले २९ बलमा २ चौका हान्दै २७ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए ।



    आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीमा अमेरिकाविरुद्ध दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल पभिलियन फर्केका छन् ।



    कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ शेख १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भएका थिए।

    कुशल १७औं ओभरमा नोस्थुस केन्जिगेको बलमा कट एन्ड बोल्ड भए । आइतबार देखि सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार