Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोटमा युएई र ओमान भिड्दै

    एकदिवसीय विश्वकप छनोटमा युएई र ओमान भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 726
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा आज बुधबार दुई खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन समूह बी का दुई खेलहरु हुँदैछ ।

    प्रतियोगिताको सातौं खेलमा आयरल्यान्ड र स्कटल्यान्ड खेल्दैछन् । पहिलो खेलमा ओमानसँगको हारलाई बिर्सिएर आयरल्यान्ड जितको खोजिमा रहनेछ ।



    आयरल्यान्ड पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । पहिलो खेल खेल्दै गरेको स्कटल्यान्ड जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।



    आयरल्यान्ड र स्कटल्यान्डको खेल बुलायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ । अर्को खेलमा भने ओमानले युएईसँग खेल्दै छ ।

    उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ । ओमानले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

    ओमानले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पहिलो भेटमा नै हराएर ईतिहास बनाएको थियो । आजको खेलमा युएईलाई हराएर सुपर सिक्सको सम्भावना बलियो बनाउने सोचमा ओमान रहेको छ ।

    युएई पहिलो खेलमा उपाधी दाबेदारमध्येको एक श्रीलंकासँग फराकिलो अन्तरमा पराजित भएको थियो । आजको खेलमा ओमानलाई पराजित गरि युएई सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार