Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

    साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 825
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले खराब सुरूवात गरेको छ।

    आजदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको हो ।



    भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा पहिलो हाफमा २–० ले पछिपरेको नेपालले दोस्रो हाफमा एक गोल खाएर एक गोल नै फर्कायो।



    विश्वकप खेलिसकेको बलियो टिम कुवेतले २३औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा २-० गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो।

    नेपालका लागि दोस्रो हाफमा अन्जन विष्टले गोल गरे। खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार