Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरियो ‘राधा’

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरियो ‘राधा’

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । नेपाल-अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शीर्ष पुरस्कार ‘द सेक्रेट्स अफ राधा’ले जितेको छ ।

    सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस फिल्मले उत्कृष्ट फिचर फिल्मतर्फको अवार्ड जितेको हो। महोत्सवमा पुगेका लेखक तथा निर्देशक सुवर्ण थापाले ‘द सेक्रेट्स अफ राधा’ले उत्कृष्ट अवार्ड जित्दा खुसी व्यक्त गरे।



    यस फिल्मका लागि तयार पारिएको कथाले १० वर्षअघि दक्षिण कोरियाको ‘बुसान फिल्म फेस्टिभल’ बाट ‘स्टोरी ग्रान्ट’ पाएको थियो।



    अर्को नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानको ‘जोयल्याण्ड’ले मानार्थ पुरस्कार प्राप्त गरे । सन्तोष दाहाल निर्देशित ‘द मिराज’ उत्कृष्ट छोटो फिल्म घोषित हुँदा सूर्य शाही निर्देशित ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार जित्यो ।

    अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट हलमा फिल्म प्रदर्शन गरिएका थिए । महोत्सवमा अभिनेता राजेश हमाल विशेष अतिथिको रुपमा उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार