Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पश्चिम नवलपरासीमा छोराले गरे आमाको हत्या, अनुसन्धान गर्दै प्रहरी

    पश्चिम नवलपरासीमा छोराले गरे आमाको हत्या, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्बीर

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

    सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार थिए ।



    हत्यापछि फरार रहेका अभियुक्त शिवकुमारलाई प्रहरीले रूपन्देहीको गैंडाहवा ८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार