Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

    भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 1K
    SHARES

    एजेन्सी । भारतमा गत जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन सकेको छैन ।

    पहिचान हुन नसकेको शवहरूको छिट्टै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन्।



    पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो।



    अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो ।

    कूल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ। उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार