Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आन्ध्र प्रदेश रेल दुर्घटना : १३ जनाको मृत्यु, ५० घाइते (अपडेट)

    आन्ध्र प्रदेश रेल दुर्घटना : १३ जनाको मृत्यु, ५० घाइते (अपडेट)

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 672
    SHARES

    काठमाडौं । आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

    आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।



    मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।



    सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।

    यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।
    गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार