Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बंगलादेशमा दुई रेल एकापसमा ठोक्किए, कम्तीमा १५ जनाको मृत्यु

    बंगलादेशमा दुई रेल एकापसमा ठोक्किए, कम्तीमा १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 504
    SHARES

    ढाका । बंगलादेशमा सोमबार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बंगलादेशको किशोरगन्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।

    बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।



    “भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ,” सरकारले भने ।



    उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कैयौँ डिब्बा पल्टँदा करिब १०० जना घाइते भएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरे ।

    अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीलाई चोट लागेको छ । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ । अग्निनियन्त्रकसँगै सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार