Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, १५ जनाको मृत्यु

    पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

    पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको हो ।



    पाकिस्तान रेल मन्त्रालयका अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् ।



    रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

    घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरु दुर्घटनास्थलमा भेला भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार