Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इन्डोनेसियामा रेल दुर्घटना : चारको मृत्यु, ३७ जना घाइते

    इन्डोनेसियामा रेल दुर्घटना : चारको मृत्यु, ३७ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 525
    SHARES

    जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् ।

    स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन् । दुई वटा रेलका कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् ।



    घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिनु भएको छ । घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।



    इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार