Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन चर्कियो

    फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन चर्कियो

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 669
    SHARES

    एजेन्सी । फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ ।

    नाहेल एमलाई मंगलबार बिहान पेरिस उपनगरमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानी हत्या गरेपछि हिंसा भड्कीएको हो ।



    हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ । प्रदर्शनका क्रममा २ सय ४० जना प्रहरी घाइते भएका छन् ।



    अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका गृहमन्त्री जेरार्ड डार्मानिनलेबताए । हिंसाको तेस्रो दिन एकै रातमा ६ सय ६७ जना पक्राउ परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार