Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको पाँच दिनपछि अन्तिम संस्कार

    फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको पाँच दिनपछि अन्तिम संस्कार

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 687
    SHARES

    एजेन्सी । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

    नाहेलको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा युवाहरूको सहभागिता थियो । मिडिया रिपोर्टका अनुसार सयौँ युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए ।



    यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए। गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए ।



    नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दङ्गा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार