Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्कटल्यान्डसँग हारेसँगै जिम्बाब्वे विश्वकप खेल्नबाट बञ्चित

    स्कटल्यान्डसँग हारेसँगै जिम्बाब्वे विश्वकप खेल्नबाट बञ्चित

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जिम्बावे आईसीसी एकदिवसीय विश्वकपमा पुग्न असफल भएको छ ।

    आज बुधवार आईसीसी विश्वकप छनोटअन्तर्गत ‘सुपर सिक्स’ को खेलमा स्कटल्यान्डसँग ३१ रनले हारेसँगै जिम्बावेले आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना सकिएको हो ।



    स्कटल्यान्डले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे ४१ ओभर १ बलमा २ सय ३ रनमा अलआउट भयो ।



    जिम्बावे बाहिरिएसँगै अब आउँदो बिहीवार हुने नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको खेलले ‘सुपर सिक्स’ बाट विश्वकप पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

    सुपर सिक्स’ बाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार