Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओमानले वेस्ट इन्डिजलाई दियो २२२ रनको लक्ष्य

    ओमानले वेस्ट इन्डिजलाई दियो २२२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 657
    SHARES

    काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा ओमानले वेस्ट इन्डिजलाई २२२ रनको लक्ष्य दिएको छ ।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल बनाएको हो ।



    ओमानका लागि नेपाली मुलका सुरज कुमारले अविजित ५३ रन बनाए । सुरजले ६५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सोएब खानले ५० रन थपे ।



    वेस्टइन्डिजका रोमारियो शेफर्डले ३ तथा कायल मेयर्सले २ विकेट लिए ।

    छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ । सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार