Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अब रसुवाका नागरिक मात्र केरूङ नाका पास गर्न पाउने

    अब रसुवाका नागरिक मात्र केरूङ नाका पास गर्न पाउने

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 774
    SHARES

    काठमाडौं । अबदेखि रसुवाबाट नागरिकता लिएका व्यक्तिलाई मात्र चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) दिईने भएको छ ।

    चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा व्यापार गर्न तथा त्यस क्षेत्रमा आवतजावत गर्नका लागि उपलब्ध हुँदै चाइना पासलाई थप व्यवस्थित गराउने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।



    यसअघि अध्यागमन कार्यालयले बसाइसराइका आधारमा पनि बाहिरी जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गर्दा उक्त पास दिँदै आएको थियो ।



    तर यस विषयमा गुनासो आएपछि नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिलाई मात्र पास दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।

    पछिल्लो समय थोरै खर्चमा धेरै आम्दानी हुने भन्दै रोजगारीका लागि त्यहाँ जानेको संख्या बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार