Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ

    चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 513
    SHARES

    रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरूका साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ रुपैयाँबराबरको सामग्री समेत बरामद गरिएको र कानुनी कारबाहीका निम्ति रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।



    चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी समेतका स्थानबाट केही भरिया र विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लैजानेक्रममा प्रहरीले बरामद गरेको उनले बताए ।



    रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार २३० रुपैयाँबराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका निम्ति भन्सार कार्यालय टिमुरेमा बुझाएको थियो ।

    यस्तै, चालु आवको हालसम्म विभिन्न घटनाका १४ मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरिएको छ । यसरी पेस गरिएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार