Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

    प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 753
    SHARES

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि १५ मिनेटमै काठमाडौं मै फिर्ता गरिएको हो ।



    जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।



    जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो ।

    अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार