Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी

    वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 765
    SHARES

    फाइल तस्विर

    काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ ।

    भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले पराजित गरेको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।



    दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १ सय ५० रनमा अलआउट भएको थियो ।



    वेस्टइन्डिजले घरेलु मैदानमा भारतसँग दुई टेस्ट, तीन एकदिवसीय र पाँच टि–२० श्रृंखला खेल्नेछ । दोस्रो टेस्ट जुलाई २० तारिखदेखि शुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार