Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जी-२० फाइनान्स ट्रयाकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान

    जी-२० फाइनान्स ट्रयाकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् ।

    आइतबार बिहान जी-२० फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेका हुन् ।



    अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे रहेका छन् ।



    अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ । सोमबार र मंगलबार भारतको गुजरातमा जी-२० फाइनान्स ट्रयाक बैठक हुने छ ।

    यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता रहनेछ । आउँदो सेप्टेम्बरमा भारतले जी-२० शिखर सम्मेलन गर्दै छ । त्यसका तयारीका लागि यो बैठक हुन लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार