Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : विश्वप्रकाश शर्मा

    सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 486
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका हुन् ।



    महामन्त्री शर्माले सहकारी संस्थामा समस्या आएको भन्दै नियमन गर्नका लागि शक्तिशाली नियामक निकाय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।



    सांसद शर्माले भने,’सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

    सांसद शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् ।

    उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने बताए । उनले केही सहकारीकर्मीहरुका कारण देशका सयौं सहकारीहरु आलोचित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार