Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारले गर्‍यो ६ सचिवको सरुवा, दुई सचिवको पदस्थापन !

    सरकारले गर्‍यो ६ सचिवको सरुवा, दुई सचिवको पदस्थापन !

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा र दुई सचिवको पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो ।

    स्रोतका अनुसार बागमतीका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ भने गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।



    यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहसचिवबाट सचिवमा बढुवा भएकी लक्ष्मी बस्नेतको गण्डकीको प्रमुख सचिवमा पदस्थापन भएको छ भने युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम निर्वाचन आयोगमा सरुवा भएका छन् ।



    निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । कार्यालयका सचिव मधुसुधन बुर्लाकोटी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

    उपराष्ट्रपति कार्यालयका सचिव तोयम राय राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएका छन् । यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट सचिवमा बढुवा भएका घनश्याम उपाध्याय बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको स्रोतले बतायो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार