Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को कहाँ ?

    सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को कहाँ ?

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 771
    SHARES

    काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ ।



    केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार