Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुद्ध एयरका सञ्चालक वीरेन्द्रसहित पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा

    बुद्ध एयरका सञ्चालक वीरेन्द्रसहित पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनी शिवेन्द्र बस्नेतले २०७४–०७५ देखि हालसम्मको वित्तीय विवरण माग गरेको तर त्यसको विवरण नपाएको भन्दै मुद्दा दायर गरेका हुन् ।



    कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि बस्नेतले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।



    सञ्चालक बस्नेतसहित सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र बुद्ध एयरका प्रमुख वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

    उनीहरू विरुद्ध ४० प्रतिशत सेयरधनीको अख्तियारी लिएर भाइ शिवेन्द्रबहादुरले मुद्दा दायर गरेका छन् । कम्पनी ऐनको दफा १६०, दफा १६१ र दफा १६२ बमोजिमको सजाय माग गर्दै उनले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार