Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले निकास पाउँदैन : कमल थापा

    संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले निकास पाउँदैन : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 768
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले निकास नपाउने बताएका छन् ।

    जिल्ला समिति काठमाडौंद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले यस्तो बताएका हुन् ।



    उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे ।



    संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको चलखेलबाट मुलुक आक्रान्त भएको पनि उनको भनाई छ ।

    उनले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार