Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुन तस्करीको सुई माओवादी नेताहरु तिरै, न्यायिक आयोग गठन गरियोस् : बिष्णु रिजाल

    सुन तस्करीको सुई माओवादी नेताहरु तिरै, न्यायिक आयोग गठन गरियोस् : बिष्णु रिजाल

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 435
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादीका नेताहरु तिरै फर्किएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता रिजालले यस्तो टिप्पणी गरेका हुन् ।

    केही दिन यता माओवादी नेतासँग सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका तस्विर भाइरल भइरहेका छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले अनुसन्धान गरिरहेको अवस्थामा एमाले नेता रिजालले उक्त प्रकरणमा माओवादीकै संलग्न रहेको आरोप लगाए ।



    उनले लेखेका छन्, ‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’



    उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन्। ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’

    असार २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बाहिरिसकेको अवस्थामा एक सय किलो सुन बरामद प्रकरणका मुख्य नाइके पत्ता लगाई पक्राउ गर्न माग गर्दै नेकपा एमालले संसदसमेत चल्न दिएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार