Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अध्यक्ष सीकेलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने जनमतको निर्णय

    अध्यक्ष सीकेलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने जनमतको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 624
    SHARES

    काठमाडौ । जनमत पार्टीले २०८४ मा अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरेको हो ।



    पार्टी उपाध्यक्ष अब्दुल खानका अनुसार २०८४ मा राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ ।



    २०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ । जसका लागि ‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार