Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारत वेस्ट इन्डिजसँग चार रनले पराजित

    भारत वेस्ट इन्डिजसँग चार रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 981
    SHARES

    काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ ।

    वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो ।



    यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।



    यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता लिएको छ । यसअघि भएको ३ खेलको एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेको थियो । त्यसअघि भएको टेस्ट शृङ्खला पनि भारतले १–० ले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार