Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सांसद शर्मा पक्राउप्रति एमाले सांसद साहको आपत्ति

    कांग्रेस सांसद शर्मा पक्राउप्रति एमाले सांसद साहको आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 669
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएकी छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद साहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन्।



    सांसद साहले भनिन्, ‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो । अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’



    सांसद शर्मालाई सिआइबीले बिहीबार पक्राउ गरेको थियो। सांसद शर्मासहित ब्युरोले शुक्रबार बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार