Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै समातिए पूर्वमेयर, परीक्षा रद्ध

    स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै समातिए पूर्वमेयर, परीक्षा रद्ध

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 2.9K
    SHARES

    कैलाली । कैलालीका एक पूर्वमेयर स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवा परीक्षा हलबाट निकालिएका हुन् ।

    उनको साथबाट परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेको थियो । आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए ।



    त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ । देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।



    जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ । उनको आजको परीक्षा रद्द गरिएको छ भने भोलिदेखि परीक्षा दिन पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार