Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीले दियो उपाध्यक्ष महरालाई पार्टी एकताबारे वार्ता गर्ने जिम्मा

    माओवादीले दियो उपाध्यक्ष महरालाई पार्टी एकताबारे वार्ता गर्ने जिम्मा

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 810
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी मोर्चाको प्रतिनिधित्व एवम् पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी पाएका छन् ।

    माओवादी केन्द्रको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँस्थित कमलादीमा सम्पन्न चौथो पूर्ण बैठक सम्बन्धमा सोमबार जारी परिपत्रमा सो निर्णयबारे उल्लेख गरिएको हो ।



    ‘‘समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्ण बहादुर महरालाई दिइएको छ । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग, व्यापार, सुकुम्वासी आदिको संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ’’ जारी परिपत्रमा भनिएको छ ।



    माओवादी केन्द्रले बुद्धिजीवी मोर्चाको जिम्मेवारी दिनानाथ शर्मा, कर्मचारी सङ्गठन फ्र्याक्सन इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेललाई दिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार